Logo

फेरि सुनको मूल्य उकालो, प्रतिटोला ९७ हजार पाँच सय


कलाखबर संवाददाता,१५ भदौं –काठमाण्डौं । फेरि आज सुनको मूल्य उकालो लागेको छ । आईतबार केही गिरावट भएकोे सुनको मूल्य सोमबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अहिले दैनिक जसो सुनको मूल्यमा उकालो ओरालो भई नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्