रबिलामिछाने र गायीका समिक्षा अधिकारीको स्वरमा पानी छल्काले गीतको भिडियो बजारमा

कलाखबर संवाददाता,१५ भदौं –कालीकोट । गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ । सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत दिएको गीतलाई कुमार केसीले निर्देशन गरेका छन्।
भिडिओमा गीतका रचनाकार सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन्। भिडिओमा अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिकले सार्वजनिक गरेको छ ।