Logo

लकडाउनले बिचल्लित भएका एक हजार भन्दा बढीलाई काठमाण्डौंको टुँडीखेलमा निशुल्क खाना


कलाखबर संवाददाता,१५ भदौं –कालीकोट । कोरोनाभाइरसको संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी भएपछि थप समस्यामा परेकाहरुलाई राजधानीको खुलामञ्चमा खाना खुवाउन थालिएको छ । खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा आइतबार अपरान्ह करिब दुई चरण गरेर एक हजार भन्दा बढीलाई खाना खुवाइएको हो । कलाखबर त्यहाँ पुग्दा पहिलो चरणमा हन्ड्रड ग्रुपले ५०० जनालाई खाना खुवाई रहेका थिए ।

दोस्रो चरण अन्र्तगत ईन्द्रिरा राणाको अभियानले प्याकिङ गरेर ल्याएको खाना भाडेका थिए । कलाखबरले यसरी पीडितलाई खाना खुवाउने अभियान कसरी चलाउनु भयो ? भनेर सोध्दा आफू ३१ बषदेखि समाज सेवामा लागेकोले यो अभियान चलाउने सोच आएको इन्दीरा राणाले बताइन् । दशवटा वालगृह समेत सञ्चालन गर्दै आएको बताउदै उनले अरु थुप्रै देशबिदेशबाट समेत सहयोग आएको बताइन् ।

जुन रकमबाट नै यसरी अप्ठयारोमा परेकाहरुलाई खाना पनि खुवाएको बताइन् । टुँडीखेलमा दैनिक अपरान्ह ४ बजेदेखि समस्यामा परेकाहरुलाई खाना खुवाउने गरिएको छ । खानेकुराको अभावमा छाक टार्न समस्यामा परेकालाई हन्ड्रेड ग्रुपलगायतले यसरी खाना खुवाइरहेको हो। हुन त संस्थाले गत चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ ।

सुरुमा पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा खाना खुवाइएकोमा पछिल्लो समय खुवामञ्च क्षेत्रमा खाना खुवाउन थालिएको हो । धेरै पीडिहरुले सरकारसँग गुनासो समेत पोखेका थिए । सरकारले आफ्नो गन्तब्य स्थल सम्म जान पनि नदिएको र बिचल्लित अवस्थामा पारेर वेवास्ता गरेको उनीहरुले कलाखबरसँग बताए ।

प्रतिक्रिया दिनुहोस्