Logo

फोटो पत्रकारहरुको पिसिआर संकलन सम्पन्न


कलाखबर संवाददाता,१२ भदौं –काठमाण्डौं । राजधानीका १ सय २५ जना फोटो पत्रकारहरुको पिसिआर संकलन गरिएको छ । विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे शुक्रबार  भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए।

काठमाडौं उपत्यकामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबमा आवद्ध रहेका र विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरुको पिसिआर परीक्षण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्