Logo

लकडाउनमा अनलाइन सामान डेलिभरि गर्ने प्रहरीद्वारा प्रक्राउ


 

कलाखबर संवाददाता,११ भदौं– काठमाण्डौं । निषेधाज्ञा जारी भएको बेला अनलाइन सामान डेलिभरि गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका हुन् ।

निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

निषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्