आज नेपालमा ठूलो संख्या ११११ जनामा कोरोना पुष्टि

कलाखबर संवाददाता,११ भदौं– काठमाण्डौं । नेपालमा पछिलो २४ घन्टामा थप ११११ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनीहरुमा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ११११ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८ जना क्वारेन्टिनमा रहेका छन् ।