Logo

कुलमानले के राम्रो काम गरेको छ र ? राम्रो काम त मैले गरेको हुँ भन्दै मुकेश काफ्ले गर्जिए


कलाखबर संवाददाता,११ भदौं– काठमाण्डौं । नेपाल विद्युत प्राविधिरणमा सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व कार्यकारी प्रमुख मुकेश राज काफ्ले गर्जिएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका हुन् । प्रत्रकार ऋषिधमलाले सबै लोडसेडिङ कुलमानले नै मुक्त गराएका हुन् । तपाईले लथालिङ्ग बनाएको १८ घण्टा लोडसेडिङलाई उहाँले अन्त गराएर देश र जनतालाई उज्याले दिएका होइनन ?

तपाईले अरबौ प्राविधिकरणलाई घाटामा पारेको खाल्डो उहाँले नै भरेका होइनन ? अनी उहाँलाई राम्रो कामको जस नदिएर हुन्छ ? भनेर प्रश्न सोध्दा मुसुमुसु हाँस्दै काफ्लेले होइन बन्दै उल्टै जिद्धि गरेका थिए । उनले गरेका सबै काम जनताले देखेका छन् । सामाजिक सञ्जालभरि कुलमानको पक्षमा मत आएको छ भन्दा यो कुनै चुनाव होइन,सोसियल मिडिया भनेको प्रायोजित हो । यसले केही पनि गर्दैन भनेका छन् ।

त्यसो भए कुलमानले गरेको राम्रो काम चाँही के के हुन् भनेर फेरि प्रश्न सोध्दा उनले विद्युत चुहावट रोक्यो त्यो एउटा मात्र हो राम्रो काम भनेका छन् । पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् । त्यसो भए किन मिल्दैन भनेर सोध्दा उनले उल्टै प्रश्न तेस्र्याएका थिए । उनले भने,’कसरी मिल्छ रु तपाईजत्तिको एउटा यत्रो बरिष्ठ पत्रकारले यो चाकडीको भाषा बोल्न छोड्नुहोस न ।

तथ्यमा जानुहोस । अध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला । कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने रु तर, तपाईले जसरी व्याख्या गरिरहनुभएको छ, मान्छे हेर्नुहोस कहिल्यै भगवान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर हुदैन ।

प्रतिक्रिया दिनुहोस्