बीस जना प्रहरीमा कोरोना भाइरस पुष्टि
कलाखबर संवाददाता,११ भदौं–काठमाण्डौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत २० जना प्रहरीमा कारोना भाइरस पुष्टि भएको छ।संक्रमितमध्ये ११ जना ट्राफिक प्रहरी र नौ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत प्रहरी रहेको जनाइएको छ ।
प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अरु थप विवरण आउन भने बाकी नै रहेको छ ।