सशस्त्र प्रहरीको गोली लागेर गम्भिर घाईते भएका एक स्थानीयको मृत्यू
कलाखबर संवाददाता,१० भदौं – झापा । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका झापा गाउँपालिका एक जना स्थानीयबासीको उपचारका क्रममा केही बेर अघि मृत्यु भएको छ। झापा गाउँपालिका ३ कामाटोलीका रमिकुल आलमको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए।
उनको गम्भीर अवस्थामा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले गोली चलाउँदा आलमलाई गोली लागेको थियो। स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका(३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो।
स्थानीयबासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। गाई काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीयबासी आक्रमणमा उत्रिएको बताइएको छ। मृतक आलमको पेटमा गोली लागेको थियो।