Logo

दुखत खबर कुलमान घिसिङले फेरि बिद्युत प्राविधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउने


कलाखबर संवाददाता,१० भदौं – काठमाण्डौं । उज्यो अभियन्ता कुलमान घिसिङले फेरि बिद्युत प्राविधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउने भएको छ । यसको मुख्य कारण प्रधानमन्त्री ओली र ऊर्जा मन्त्री बर्षमा पुन रहेको चर्चा चल्न थालेको छ । पछिल्लो समयमा कुलमानको कार्यशैलीप्रति प्रधानमन्त्री ओली र ऊर्जा मन्त्री पुनले अनेक असन्तुष्टि जनाउदै बखेदा थाप्न थालेका छन् ।

जसरी हुन्छ उनीहरु कुलमानलाई पून बहाली गर्ने पक्षमा छैनन् । विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जा मन्त्री पुनले आरोप लगाएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको छ । प्रचण्ड भने घिसिङलाई पुन बहाली गर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्