Logo

कुलमान घिसिङलाई विद्युत प्राविधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त गर्न प्रचण्ड सहमत भएपनि यी कारणले ओली र बर्षमान पुन ईच्छुक छैनन्


कलाखबर संवाददाता,९ भदौ –कामठाण्डौं । उज्याले अभियन्ता कुल मान घिसिङलाई विद्युत प्राविधिकरणको कार्यकारी प्रमुख पदमा फेरि बहाली गर्न प्रचण्ड सहमत भएपनि ओली र बर्षमान पुनले अनेक आनाकानी गरि रहेका छन् ।

सम्पूर्ण देशबासी जनता कुलमान घिसिङको पक्षमा छन् । प्रचण्डले पनि कुलमानलाई नै फेरि नियुक्ति दिने जोड गरि रहेका बेला यी ६ वटा कारण देखाएर प्रधान्त्री ओली घिसिङलाई स्थान दिने पक्षमा छैन ।

  • राज्यको लगानीमा व्यक्तिगत जस: प्राधिकरण पूर्ण सरकारी स्वामित्वको कम्पनी भए पनि त्यसबाट भए गरेका काम व्यक्तिको मात्र जसको विषय होइन। घिसिङले प्राधिकरणभन्दा पनि आफूलाई माथि राखेर सोचे।
  • लोडसेडिङ अन्त्यमा निजी क्षेत्रको सहयोग छः प्रधानमन्त्री ओलीको बुझाइमा प्राधिकरणको एकल प्रयासले मात्र लोडसेडिङ अन्त्य भएको होइन। निजी क्षेत्रको पनि सहयोग छ। अहिले झण्डै ६५० मेगावट बिजुली निजी क्षेत्रले उत्पादन गरेका छन्।
  • अझै भारतबाट बिजुली आयात भइरहेको छ, बाहिर हल्ला गरे जस्तो नेपालकै विद्युत्ले लोडसेडिङ अन्त्य भएको होइन। अझै पनि वर्षामा ३५० मेगावाटसम्म र हिउँदमा ६५० मेगावट बिजुली आयात भइरहेको छ।
  • संस्थागत स्रोत साधनमा व्यक्तिगत प्रचारः स्रोतका अनुसार घिसिङले प्राधिकरणको खर्चमा आफ्नो व्यक्तिगत प्रचार बढी गरेको प्रधानमन्त्रीको बुझाइ छ। प्रायोजित रुपमा आफ्नो पक्षमा विभिन्न माध्यमबाट प्रचारप्रसार गएर सरकार र नेताहरुलाई बद्नाम बद्नाम गराएको भन्दै ओली असन्तुष्ट छन्।
  • नीति कार्यक्रममा समावेश भएको विषयलाई समेत सरकारलाई जस दिएनन्ः सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा मासिक १० युनिटसम्म बिजुली खपत गर्ने परिवालाई निशुल्क विद्युत् दिने घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ। संस्थागत हिसाबले सरकार र मातहतका निकायले जस लिनुपर्ने उक्त विषयलाई घिसिङले प्राधिकरणकै एकल निर्णयका रुपमा प्रचार गरे।
  • मातहत कर्मचारीमाथि निरङ्कुश व्यवाहार र भनेको नटेर्ने। घिसिङले प्राधिकरणका कर्मचारीमाथि निरङकुश व्यवाहार गरेको र आफूले भनेको सामान्य कुरा पनि नमानेकोमा प्रधानमन्त्री ओली र मन्त्री पुन दुवै रुष्ट छन्। सामान्य खालका सरुवा बढुवा र पदस्थापनमा समेत आफूहरुको कुरा नसुनेको उनीरुको गुनासो छ।
प्रतिक्रिया दिनुहोस्