Logo

विद्युत प्राविधिकरणको कार्यकारी पदमा नियुक्ति भएको भन्दै सामाजिक सञ्जाल भरि कुलमान घिसिङलाई बधाईको ओइरो तर कुनै निर्णय नभएको ऊर्जा मन्त्रीको भनाई


कलाखबर संवाददाता,९ भदौ –कामठाण्डौं । आज सामाजिक सञ्जाल भरि कुलमान घिसिङलाई विद्युत प्राविधिकरणको कार्यकारी पदमा फेरि नियुक्ति दिएको भन्दै हल्ला छाएको छ । फेसबुक र केही अनलाइनहरुलेबीना स्रोतको समाचार तथा बधाईको ओइरो बर्षाई रहेका बेला ऊर्जा मन्त्री बर्षमान पुनले भने कुनै निर्णय नै नभएको बताए छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

तर विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेका छन् । मन्त्री पुनले यो सबै अफवाह हल्ला मात्र भएको जानकारी दिए । आ आफ्नो फेसबुकबाट धेरैले बधाई समेत दिईसकेका छन् । यस बिषयमा मन्त्रालय स्रोतले कुनै ठोस निष्कर्षमा नपुगेको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ ।

यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ । सम्पूर्ण आम जनता घिसिङलाई नै दोहोरयाउनु पर्ने पक्षमा छन् । आज बसेको बैठकमा यस विषमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्