Logo

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा २४ घण्टा भित्र पिसिआर रिपोर्ट दिन निदेर्शन


कलाखबर संवाददाता,९ भदौ–काठाण्डौैं संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। पिसिआर रिपोर्ट आउन हप्ता दश दिनसम्म लागेको र कतिपयको मृत्यभएपछि मात्रै रिपोर्ट भएको भन्दै सर्वत्र विरोध भइरेका बेला संसदीय समितिले २४ भण्टाभित्रै रिपोर्ट उपलब्ध गराउने अवस्था सिर्जना गर्न निर्देशन दिएको हो।

मंगलबार भएको समितिको भर्चुअल मिटिङले २४ घण्टाभित्रै रिजल्ट सम्बन्धित व्यक्तिलाई छोटो माध्यम इमेल, फोन अथवा भाइबरबाट जहाँबाट भए पनि उपलब्ध गराउन निर्देशन दिएको सभापति जय पुरी घर्तीले जानकारी दिइन्।

समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन दिएको छ। घर्तीले आइसोलेसन सेन्टर, भेन्टिलेटरको संख्या बढाउन पनि सरकारलाई सुझाव दिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्