आज देशभर कोरोनाबाट ७ जनाको मृत्यू,८५५ जना संक्रति थप

कलाखबर संवाददाता,९ भदौ–काठाण्डौैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमित र मृतक संख्या हवात्तै बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु छ । काठमाडौँका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला गरी तीन जना,
सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ।