Logo

भोली उपत्यकामा निषेधाज्ञा सकिनेसँगै फेरि पनि थप्ने तयारी


कलाखबर संवाददाता,९ भदौं–काठमाण्डौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ । निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् । तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णयले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समय सकिनुअघि बस्ने बैठकले आगामी रणनीति बनाउने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनिती तय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातोपाटीलाई जानकारी दिए ।  संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ ९३० अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको निष्कर्ष निकालिएको छ । ‘निषेधाज्ञाको कारण कोरोना संक्रमणको चेन ब्रेक भएको समीक्षा गरेका छौं’, काठमाडौंका प्रजिअ दाहाल भन्छन्, ‘उपत्यकामा मोविलिटी ठप्प भएको छ, हामीलाई के विश्वास छ भने चेन ब्रेक हुनेबित्तिकै आधारभूत रुपमा संत्रमणको दर घट्छ भन्ने विश्वास छ, यसबारे थप समीक्षा गर्छौ ।

आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको स्थानीय प्रशासनको निष्कर्ष छ । ‘भिडभाड कम हुनाले संक्रमण फैलिन पाएको छैन’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘निषेधाज्ञा गरेपछि कन्ट्याक्ट ट्रेसिङ गर्न पनि सहज भएको छ ।

प्रमुख जिल्ला अधिकारी र उपत्यकाका तिनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर ९डिसीएमसी०को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेका छन् ।

निषेधाज्ञाको मोडालिटी चेन्ज गर्ने कि यसअघि जारी आदेशलाई निरन्तरता दिने भन्नेबारे आज छलफल गरिने काठमाडौंका प्रजिअ दाहालले बताए । उनले भने, ‘ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकमा पनि छलफल गरेर उपयुक्त निर्णय लिन्छौँ ।’
सोमबार उपत्यकाका स्थानीय प्रशासनले निषेधाज्ञाको प्रारम्भिक समीक्षा गरेका थिए ।

सो बैठकमा अहिलेकै निषेधाज्ञाको स्वरुपलाई निरन्तरता दिनुपर्ने कुरा उठेको थियो ।
‘निषेधाज्ञा अब थप एक हप्ता जाने सम्भावना छ,’ उपत्यकाको जिल्ला सुरक्षा समितिका एक अधिकृतले भने–‘त्यसबारे आज औपचारिक निर्णय हुन्छ । प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्