Logo

नेकपाका दुई अध्यक्ष बीच बालुवाटारमा भेटबार्ता जारी


कलाखबर संवाददाता,९ भदौं–काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अध्यक्षद्धयबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भैरहेको बुझिएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे बालुवाटार पुगेका थिए ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । जसमा ओलीले मुलत सरकारसञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्