Logo

आज कोरोनाबाट थप ८ जनाको मृत्यू


कलाखबर संवाददाता,८ भदौ–काठमाण्डौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी गराएका हुन्। मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन्।

योसँगै कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। मन्त्रालयका अनुसार देशभर १३८ जना आइसियूमा छन् र भेन्टिलेटरमा १५ जना रहेका छन्। यी सबै बाग्मती प्रदेशकै बिरामी रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०,२३४ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै सोमबारसम्ममा देशभरि ११२७५ क्वारेन्टाइनमा रहेका छन् भने पछिल्लो २४ घण्टामा १७५ डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्