Logo

अब काठमाण्डौंमा ९ बजे भन्दा उता पसल खोल्न नपाइने


कलाखबर संवाददाता,७ भदौ – काठमाण्डौं । पछिल्लो समय काठमाण्डौंमा कोरोना संक्रमित थपिदै गएपछि निकै कडाई गर्न थालिएको छ । उपत्यकाका तीनवटै जिल्लामा अब बिहान मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ। औषधि, पानी र स्वास्थ्य सामग्रीका पसल भने बन्द हुने छैनन्।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार उक्त निर्णय गरेको हो। अब बिहान ९ः१५ बजेसम्म मात्र यी अत्यावश्यक सेवामा पर्ने व्यवसाय खुल्न पाउने छन्।

माछामासु पसलका लागि पनि सोही समय तालिका तय गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। यो नियम नमान्नेलाई कडा कार्बाही समेत गर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्