लकडाउनको चपेटासँगै काठमाण्डौंमा कोरोना संक्रमित बृद्धी
कलाखबर संवाददाता,७ भदौ – काठमाण्डौं । पछिल्लो समय काठमाण्डौं उपत्यकामा कोरोना भाईरस संंक्रमित दिनानुदिन बढ्न थालेको छ । आज मात्र एकै दिनमा १६६ जनामा कोरोना भाइसर पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १२६ नयाँ संक्रमित भेटिएका हुन् ।
अहिले सरकारले निषेधाज्ञा जारी गरेर मानव चहलपहल गरेपनि कोरोना संक्रमित भने कम हुन सकेको छैन । त्यस्तै, भक्तपुरमा गत १२ घन्टामा २८ जना,र ललितपुरमा २८ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा. गौतमले दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए। अहिले मृतक संख्या पनि दैनिक बढी रहेको छ । अहिले भर्खरैको प्राप्त समाचार अनुसार बुटवलमा थप तीनजनाको मृत्यू भएको छ ।