Logo

आज देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि


कलाखबर संवाददाता,७ भदौ – काठमाण्डौं । आज देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रभक्ता डा.जागेश्वर गौतमले नियमित प्रत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएका हुन् ।

अहिले यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३१,हजार ९ सय ३५ पुगेको छ, भने पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ। हाल देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन्। ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्