Logo

Breaking News आज देशभर ६३४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३१ हजार नाघ्यो


कलाखबर संवाददाता,६ भदौ–काठमाण्डौं । पछिल्लो समय २४ घण्टाको नयाँ अप्डेट अनुसार आज नेपालमा ६३४ जनामा कोरोना भाईरस देखिएको छ । यो सँगै अहिले नेपालमा जम्मा संक्रमितको संख्या ३२ हजार एक सय १७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रभक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ गर्दै शनिबार १३६ जना कोरोना संक्रमित डिस्चारज भएको पनि जानकारी दिए ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ। आज देशका केही जिल्लाहरुमा मृतक संख्या समेत थपिएका छन् । तर अहिले नै जम्मा मृतक संख्या भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्