Logo

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका ९ जना अंगरक्षकलाई कोरोना


कलाखबर संवाददाता,६ भदौ–काठमाण्डौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालका ९ जना सुरक्षागार्डमा कोरोना पोजिटिभ देखिएको छ । अहिले कोरोना आगो सल्केझै सल्किए पछि नेपालले सबै परिवारको नै पिसिआर टेष्ट गराएको छ । सो क्रममा नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो। गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो। दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।

यसअघि पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा तीव्र रुपमा कोरोना देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्