यो बर्षको तीजमा गायक प्रमोढ खरेल श्रीमतीको लागि ब्रत बस्दै
कलाखबर संवाददाता,५ भदौ–काठमाण्डौं । ऋ बर्षको तीजमा गायक प्रमोढ खरेल श्रीमतीको लागि ब्रत बस्ने भएको छ । उनले आफू तीजको ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका छन्। हरेक बर्षको तीजमा श्रीमतीले आफ्नो लागि ब्रत बस्दै आएको भएपनि यो बर्ष श्रीमती बिरामी भएकोले आफू श्रीमतीको लागि ब्रत बस्ने निर्णय गरेको खरेलले जानकारी दिए ।
श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्, तर उनी बिराम भएको तीन महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिँनन् । यसपाली म उनको लागि किन नबस्नेरु यसपाली मैले उनको लागि ब्रत बस्दैछु ’ खरेलले भनेका छन्।
खरेल दम्पतिलाई दोस्रो सन्तानका रुपमा पुत्रीलाभ हुँदा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । खरेलकी श्रीमती दीपा अहिले स्वास्थ्यलाभ गरिरहेकी छन्।