Logo

लागुऔषध ९ किलोग्राम र ३५० ग्राम चरेशसहित एक महिला प्रहरी फन्दामा


कलाखबर संवाददाता,५ भदौ–काठमाण्डौं । लागुऔषध ९ किलोग्राम र ३५० ग्राम चरेशसहित नाका काटेर बलम्बु पुगेका एक महिला प्रहरी फन्दामा परेकी छन् । प्रहरीलाई झुक्याएर अबैध बस्तुलाई बलम्बु आफ्नै डेरामा पुरयाएका उनी महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहीबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्