काठमाण्डौमा १२०० सयमा प्रति आना जग्गा भन्दै जनतामाथी झोले पोर्टलहरुको भ्रम हेर्नुस र बिरोध स्वरुप शेयर पनि गर्नुस्
कलाखबर संवाददाता,५ भदौ –काठमाण्डौं । राजधानी काठमाण्डौं उपत्यकाको ललितपुर स्थित प्रति आना १२०० मा जग्गा भन्दै झोले अनलाइन पोर्टलहरुले जनतामाथी भ्रम छर्न थालेका छन् । कहिले युटयूब र कहिले यस्ता झोले पोर्टलहरुले गर्दा कति सोझासादा जनता झुक्किनु ? प्रति आना १२ लाखमा पनि जग्गा पाउन मुस्किल भइरहेको बेला अहिले सामाजिक सञ्जाल भरि मात्र १२०० सयमा प्रति आना जग्गा भन्दै झोले पोर्टलहरुले अफवाह फैलाई रहेका छन् ।
कहिले आकर्षक डिजाइन र सामान सहित तीन तल्लाको घर मात्र ३ लाखमा निमार्ण गरिने । तुरुन्तै सम्पर्क गर्नुस् । के यसरी पत्रकारिताको खिल्लि उडाउदै जनतालाई झुक्याउन पाइन्छ ? यो कुरा पत्रकारिताको नैतिकताभित्र पर्छ ? पत्रकारिताको सिधान्त र मापदन्द विपरीत यस्तो अफवाह फैलाउने समाग्री प्रकाशन गरेर मिडिया प्रचारबाजी गर्ने यी झोले पोर्टलहरु माथी भावी दिनमा जनताले कतिको विश्वास गर्ला त ?
यहाँनिर प्रश्न चिन्ह खडा भएको छ । यिनीहरु आधिकारिक अनलाइन मिडिया नभएर नेपाल सरकारको सूचिमा नभएका भ्रम फैलाउने पोर्टलहरु हुन् । तुफान नामक मिडिया भन्नेले प्रकाशित गरेको लाजमर्दो यो लेख हेर्नुस् । जस्ताको तस्तै……
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये ललितपुरका वि’कट क्षेत्रहरुमा जग्गाको मूल्य निकै सस्तो रहेको मू’ल्याङ्कन प्रतिवेदनले देखाउछ । ३ आनाको घँ’डेरी किन्न काठमाडौंमा करोडौं रकम खर्चिनु पर्छ । ललितपुरको गोटीखेलमा भने प्रति आना १२ सय न्युनतम् मूल्याङ्कन भएको छ । *** पूरा विवरण को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***
मालपोत कार्यालय गोटीखेल मातहतका क्षेत्रमा तोकिएको यो प्रति आना जग्गाको मुल्य काठमाडौंका होटलमा २ जनाले मासुभात खाए बराबर छ । गोटीखेलसहित गिम्दी, चन्दनपुर, ठुला दुर्लुङ, बुखेल, मानिखेल, शंखु लगायतका गाउँका जग्गाको लागि आव ०७७/७८ को न्यूनतम मु’ल्याङ्कन हो यो । यो क्षेत्रमा गत आवमा पनि यही मू’ल्याङ्कन थियो । कोभिड-१९ ले सबै क्षेत्रमा अ’सर गरेको भन्दै समितिले जग्गाको मू’ल्यांकन नबढाएको बताएको छ ।
गोटीखेल क्षेत्रमा सबभन्दा महंगो भनेको रोपनीको ३ लाख ५० हजार रुपैयाँ हो । पिच सडक भएका ठाउँहरुमा ३ लाख ५० हजार रुपैयाँ प्रति रोपनी तोकिएको छ भने अरु ठाउँमा रु.२० हजार प्रति रोपनी । यो दरले एक आनालाई १२ सय पर्छ ।
ललितपुरकै ल’गनखेल, जा’वलाखेल, कु’प’ण्डोल लगायतका क्षेत्रमा प्रति आना ३५ लाख ५० हजार रुपैयाँसम्म मू\ल्याङ्कन गरिएको छ । गोदावरी नगरपालिकाको पिच सडकले छोएको क्षेत्रमा १२ लाख र बाटो नभएका जग्गाहरु आनाको ७५ हजार रुपैयाँसम्म तोकिएको छ । सैँ’बु आवासीय क्षेत्रमा भने १९ लाख २० हजार रुपैयाँ प्रति आना मू’ल्याङ्कन गरिएको छ ।काठमाडौं का पनि अ’धि’कांश क्षेत्रको जग्ग्ााको मूल्यांकन गत आव कै कायम गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कम भयो भन्ने गु’नासो आएका क्षेत्रहरुको बढाइएको छ बाँकी क्षेत्रको पहिलेकै मु’ल्यांकन राखिएको छ । *** पूरा विवरण को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***