भारतमा फेरि खतराको घण्टी बज्यो,एकै दिनमा कोरोनाबाट ९८१ जनाको मृत्यू

कलाखबर संवाददाता,५ भदौ –काठमाण्डौं । अहिले फेरि ईतिहासकै ठूलो संख्यामा कोरोनाबाट भारतमा मर्नेको संख्या बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा भारतमा एकैदिन ६८ हजार भन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाका छन्।
अहिले फेरि भारतमा एकै दिनमा कोरोना संक्रमणबाट ९८१ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।
संक्रमित मध्ये ५४ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ । अधिकांश भारतबाट आउनेहरुबाटै नेपालमा पनि कोरोना सरेकोले पछिल्लो समय नाकामा निकै कडाँइ गरिएको छ ।