मन्त्रीपरिषद बैठक केहीबेरमा सकिने,लकडाउनको बिषयमा थप कडाइँ निर्णय हुन सक्ने आँकल
कलाखबर संवाददाता,४ भाद्र–काठमाण्डौं । बालुवाटारमा जारी मन्त्रीपरिषदको बैठक केहीबेरमा नै सकिने छ । सो बैठकमा कोरोना रोकथाम र लकडाउनलाई थप कडाइँ गर्ने बिषमा मुख्य छलफल हुने बुझिएको छ । मन्त्रीपरिषदको बैठक केही अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
मुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ ।
गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ । अहिले देशभर कोरोना संक्रमित र मृतक संख्या अत्याधिक रुपमा थपिएको छ ।