Logo

राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार


कलाखबर संवाददाता,३ भदौ–काठमाण्डौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मंगलबार साँझ महाप्रस्थान गरेका घिमिरेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैनचौरस्थित निवासबाट बुधबार बिहान पशुपति आर्यघाट लगिएको हो ।

घिमिरेप्रति नेपाली सेनाले राष्ट्रिय सम्मानको सलामी अर्पण गरेको छ। यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए। १०१ वर्षका राष्ट्रकवि घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्