Logo

रक्षामन्त्री ईश्वर पोखरेलद्वारा राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा अर्पण


कलाखबर संवाददाता,३ भदौ–काठमाण्डौं । दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको हो । रक्षामन्त्री पोखरेलले बुधबार बिहान लैनचौर स्थित निवासमा गएर घिमिरेलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार बुधबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिँदै छ। राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाले सलामी दिने भएको छ । उहालाई श्र्रदाञ्जली दिन प्रधानमन्त्री तथा राष्ट्रपति समेत आउने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्