भोलीबाट काठमाण्डौं उपत्यकामा भदौ १० गते सम्म लकडाउन
कलाखबर संवाददाता,२ भदौ–काठमाण्डौं । भोलीबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा लकडाउन हुने भएको छ । मंगलबार अत्याधिक मात्रमा कोरोना संक्रमित देखा पर्न थालेपछि बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।
अब काठमाडौँ उपत्यकामा भदौ १० गते रातिसम्म लकडाउन हुने भएको छ। कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ १० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय मंगलबार राति गरेका हुन्।