राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाले सलामी दिने

कलाखबर संवाददाता,२ भदौ–काठमाण्डौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाले सलामी दिने भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा नेपाल आर्मीले सलामी दिने नेपाल आर्मीका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
नेपाली सेनाका अधिकृत नेतृत्वको तोलीले घिमिरेलाई सलामी दिने भएको छ । त्यसबाहेक अन्य व्यवस्थापनमा पनि आर्मीले सहयोग गर्ने उनले बताए। घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन्।
नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो। मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमै निधन भएका घिमिरेको परिवारले मंगलबार नै उनको अन्तिम संस्कार गर्ने बताए
पनि प्रधानमन्त्री कार्यालयले बुधबारमात्र अन्तिम श्रद्धाञ्जलि गर्न आग्रह गरेको थियो। उनको राष्ट्रिय सम्मानसाथ बुधबार अन्त्येष्टि हुने भएको हो। निधनपछि मंगलबार साँझ उनको निवासमा उनलाई श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरुको भिड लागेको छ।