सय एक बर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन,देश पुरै शोकमा

कलाखबर संवाददाता,२ भदौ–काठमाण्डौं । सय बर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । परिवार स्रोतका अनुसार उनको आफ्नै निजि निवास स्रोहखुट्टेमा मंगलबार साँझ उनको निधन भएको हो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै लैनचौरस्थित निवासमा निधन भएको परिवार स्रोतका एक सदस्यले बताउनु भयो ।
उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए। कवि घिमिरेले अनगिन्ति कविता, राष्टभक्ति गीत तथा विभिन्न लेख रचनाहरु लेखेर राष्ट्रलाई अमूल्य योगदान दिएको छ ।