प्रदेश नं १ मा अहिले सम्मकै धेरैमा कोरोना,१३९जना संक्रमित पुष्टि

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । प्रदेश एकमा एकैदिन अहिलेसम्मकै धेरै १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
विराटनगर महानगरपालिकामा ९६ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ। त्यसैगरि मोरङकै बुढीगंगा गाँउपालिकामा २ महिला र ३ पुरुष, सुन्दरहरैंचा नगरपालिकामा १ महिला र १ पुरुष, ग्रामथान गाँउपालिका र पथरीशनिश्चरे नगरपालिकामा समान १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयका अनुसार झापाको दमक नगरपालिकामा ७ पुरुष, भद्रपुर नगरपालिकामा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा १ महिला र २ पुरुष, धरान उपमहानगरपालिकामा २ महिला र १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगा नगरपालिकामा समान १ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ।
मंगलबार प्रदेशका विभिन्न कोभिड अस्पतालबाट ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।