Logo

प्रभु बैंकको निशुल्क डिम्याट खाता अवधी थप


कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । प्रभु बैंकले ल्याएको निशुल्क डिम्याट खाता योजना अवधी भदौ मसान्तसम्म थप गरिएको छ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभुले साउन महिनाभर डिम्याट खाता खोल्ने ग्राहकका लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो सेयर योजना सञ्चालन गरेको थियो ।

यो जनामा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै भदौ मसान्तसम्म योजना थप गरेको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलको कमलादी तथा प्रभु बैंकको नेपालभर रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्