Breaking News हाल सम्मकै उच्च रुपमा देशभर आज एक हजार १६ जनामा कोरोना पुष्टि

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । आज अहिले सम्मकै उच्च रुपमा देशभर थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जानकारी दिए।
योसँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ। संक्रमित दैनिक रुपमा बढदै गएपछि लकडाउन गर्ने कि भन्ने बिषयमा छmफफल गर्न अहिले बैठक बसी रहेको पनि बुझिएको छ ।