Breaking News आज एकै दिन काठमाण्डौं उपत्यकामा २०५ जनामा कोरोना पुष्टि

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । आज एकै दिन काठमाण्डौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमित देखिएका छन् । काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा २०५ जना नयाँ संक्रमित थपिएका हुन्। आज देशभर मृतक संख्या पनि बढेको छ ।