राष्ट्रिय झन्डा जलाउने युवक प्रहरीद्वारा पक्राउ
कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । राष्ट्रिय झन्डा जलाएको म्यूूजिक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अ’पराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनी भिडिओका क्यामेरामेन हुन्।
यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई पनि प्रहरीले खोजी गरिरहेको छ। सोमबार एक युट्युव च्यानल मार्फत ‘दे’शद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक भएको थियो।
त्यस भिडियो ४० औं सेकेन्डमा गायक तामाङले झण्डा ज’लाएको जलाएको देख्न सकिन्छ । नेपाली झण्डा जलाएको भिडियो सार्बजनिक भएपछि सामाजिक सञ्जालमा समेत चौतर्फी बिरोध आएको थियो । विरोध भएपछि महानगरीय अ’पराध महशाखाको टोलीले अनुसन्धान थालेको हो।
उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका(३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।’ यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौं। गायकको खोजी तीव्र भइरहेको छ,’ महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने । बितृष्णा फैलाउने गम्भीर कसुर गरेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।’ महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ।