नवलपरासीमा दुईजना पत्रकारसहित ४ जनामा कोरोना

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार नवलपुरका ४१ वर्ष र २७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएपछि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आइसोलेशनमा भर्ना भएर बसेका पत्रकारको परिवारमा समेत संक्रमण देखिएको हो।
उनकी ३७ वर्षीया श्रीमती र १४ वर्षीया छोरीमा पनि संक्रमण पुष्टि भएको चापागाइँले बताए।संक्रमित पत्रकारकी श्रीमती र छोरीमा संक्रमण देखिएपनि उनका छोरामा भने संक्रमण देखिएको छैन। संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको छ।
समुदायमा संक्रमण देखिएरनदेखिएको परीक्षण गर्ने क्रममा पत्रकारको पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनको परिवारको पनि पीसीआर परीक्षण गरिएको थियो।नवलपुरका ५० जना पत्रकारको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो।त्यसमध्ये केहीको रिपोर्ट आउन बाँकी छ।