Logo

भर्खरै सार्बजनिक भएको “देशद्रोही” बोलको गीतमा,राष्ट्रिय झण्डा जलाएको र जातीय भिवेद ल्याएको भन्दै चौतर्फी आलोचना


 

कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । भर्खरै एउटा युट्युबमा सार्बजनिक भएको “देशद्रोही” बोलको गीतविवादित बनेको छ । सो गीतमा नेपाली स्वाभीमानी झण्डा जालाएको र जातीय विभेद ल्याएको भन्दै सबै दर्शकले गालीको बर्षा नै बर्षाएका छन् । यो भिडियो सार्बजनिक भएपछि यतिवेला सर्वत्र बिरोध र आलोचना भैरहेको छ । र्याप शैलिको उक्त गीतमा मङोल ग्याल्ज लिले र्याप हानेका छन् । गीतमा “ब्रा जस्तो हिन्दु झन्डा बोकि” जस्ता आपत्तिजनक शब्दहरू पनि प्रयोग भएको छ ।

गीतमा क्षेत्री बाहुनलाई शरणार्थी भन्दै बिगतका घटनाहरु स्मरण गराईएको छ भने “भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासी मङोललाई छोटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल” जस्ता शब्दहरु प्रयोग भएका छन् । जुन शब्दले पनि जातीय विभेद ल्याएको भन्दै दर्शकहरु थप आक्रोस बनेका हुन् । राष्ट्रिय झन्डालाई जलाउनु अपराध मानिन्छ । समाचार तयार पार्दा सम्म सो भिडियोलाई एक लाख एक सठ्ठी हजार छ सय तेत्तिस जनाले हेरी सकेका छन् ।

जसमा ५२ हजार जनाले त डिसलाईक नै गरेका छन् । यहिबाट प्रष्ट हुन्छ नेपालिहरु कति आक्रोशित भएका छन भनेर । हिजो सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । जतिपनि यो भिडियो हेर्नेहरुले कडा रुपमा आक्रोस पोखेका छन् । घृणा र आपसी विभाजनलाई प्रशय दिने खालका शब्दसहितको र्याप गीत युट्युब मार्फत सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ। बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ। ‘मंगोल होप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा बाहुन–क्षेत्रीलाई शरणार्थी भनिएको छ । भिडियोमा प्रचण्ड,माधव नेपाल, केपी ओली,पूर्व राजा ज्ञानेन्द्र शाह,देखी सबै राज्य सत्तामा बसेकाहरुको तस्बिर पनि जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्