Logo

बिष्णुमति पुलमुनि बग्दै गरेको युवाको उद्धारपछि उपचारको क्रममा मृत्यू


कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । काठमाण्डौ कालीमाटी नजिकैको पुलमुनि बिष्णुमति खोलामा बगी रहेको एक युवालाई उद्धार गरी उपचारको क्रममा मंगलबार मृत्यू भएको छ । बगी रहेको युवालाई स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले उक्त युवाको तत्काल उद्धार गरी हस्पिटल लगेका थिए । उपचारको क्रममा त्यो युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी ३० देखि ३५ बर्षको युवाको अहिले सम्म पनि पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्