Logo

पूर्व गृहसचिव प्रेम राई अख्तियार प्रमुख बन्दै


कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार प्रमुख बन्ने भएको छ । नेकपाका अध्यक्ष प्रचण्ड र प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले राईलाई अख्तियार प्रमुखको जिम्मेवारी दिन लागिएको हो । अख्यितयार अधिकृत नियुक्तिमा आआफनै राजनैतिक अडान कायम रहदै आएको थियो ।

तर सोमबारको सत्तापक्ष र प्रतिपक्षको भेटले आआफ्नो पक्षको एक एकजना अधिकृत राख्न पाउने निर्णय गरेपछि लगभल पूर्व सचिव राईलाई प्रम ओलीले अख्तियार प्रमुखको जिम्मेवारी दिने बुझिएको छ । ओली निकट मानिने राईले गृहमा हुँदा पनि प्रधानमन्त्रीको चित्त बुझ्दो काम गरेका थिए । त्यसैले पनि अख्तियार जस्तो महत्वपूर्ण जिम्मेवारी राईलाई नै सुम्प्याउने पक्षमा ओली रहेको छ ।

हाल बहालवाला नविन कार्कीको उमेरहदप्रद समयावधी सकिएको छ । अख्तियारमा नियुक्त हुन कुनै घुसखोरी र राज्यसँग सम्बन्धित मुद्दा माविलामा मुछेको हुनुहुदैन । पे्रम कुमार राई गृहमा हुदाँ पनि उहाँको काम निश्पक्ष र सबल मानिएको थियो । बसै राजनैतिक दल र आफ्नो मातहतका कर्मचारीलाई राईले चित्त बुझाएर नै काम गरेका थिए । कुनैमा पनि उनले आफू मुछिने काम कहिल्यै पनि गरेको थिएन । त्यसैले पनि ओली उनीप्रति आकर्षित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्