Logo

को को बन्दैछन नयाँ मन्त्रीहरु ….


कलाखबर संवाददाता,१ साउन–काठमाण्डौं । बाहिरने मन्त्रीको नाम लगभग निश्चित जस्तै भए पनि नयाँ बन्ने मन्त्रीको पनि लगभग टुंगो लागिसकेको छ। स्रोतका अनुसार विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेताहरु मध्येबाटै नयाँ मन्त्री छानिने संभावना अधिक रहेको छ।

कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्। शंखर पोखरेल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हु्न् बाँकी पाँचै जना सांसद छन्।

महासचिव पौडेलले अर्थ मन्त्रालयमा आँखा लगाएका छन् भने प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेका स्रोत बताउँछ। तर भट्टराईले सञ्चारमा जान इच्छा देखाएका छैनन् । सम्भव त अब केही दिनमा नै नयाँ मन्त्री बन्ने पनि पक्का जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्