Logo

को को बाहिरिदैछन् बर्तमान मन्त्रीहरु …..


कलाखबर संवाददाता,१ साउन–काठमाण्डौं । प्राप्त जानकारी अनुसार सुरुमै नियुक्ति भएका र पछि नियुक्ति भएका दुवै बाहिरिने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र विनामगरओली नेतृत्वको क्याबिनेटमा सुरु देखि नै रहदै आएका छन् ।

बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइए पनि नेकपाभित्रको शक्ति संघर्षमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई प्रधानमन्त्रीले निरन्तरता दिने पक्का छ। ती बाहेक पनि ज्ञवाली, पुन र बस्नेत नफेरिने निश्चित जस्तै रहेको स्रोत बताउँछ। पछि नियुक्त भए पनि कमजोर पर्फमेन्स भएका र पार्टीभित्रको शक्ति संघर्षमा भूमिका खेल्न नसक्नेहरु मन्त्रीबाट बाहिरिने भएका छन्।

युवराज खतिवडालाई राजीनामा नगराए पनि राष्ट्रियसभामा पुन मनोनित नभएमा उनको पद यही भदौ २० गतदेखि सकिँदैछ। संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान अन्तर्गत उनी गत फागुन २० गते मन्त्री नियुक्त भएका थिए। उनलाई पुन नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्र फरक फरक मत रहेको पाइन्छ।

यसअघि गत मंसिर ७ गते एकैपटक ६ जना मन्त्री र तीन जना राज्यमन्त्री ओलीले हेरफेर गरेका थिए। त्यसअघि गत वर्ष साउन १५ गते रविन्द्र अधिकारीको निधनका कारण रिक्त रहेको संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको थियो।

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले विवाददास्पद अभिव्यक्ति दिएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ओलीले नियुक्त गरेका थिए। त्यस्तै गत फागुन ५ गते शिवमाया तुम्बाहाम्फे मन्त्री नियुक्त भएकी थिइन्। बिना मगर पनि प्रचण्ड निकट भएकोले यथावट नै कायम राख्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्