Logo

प्रदेश नं १ मा पनि कोरोना संक्रमित बढयो, आज एकै दिनमा ८६ जनामा कोरोना पुष्टि


 

कलाखबर संवाददाता,१ साउन–मोरङ्ग । प्रदेश १ तीन जिल्ला र प्रदेश २ को जनकपुरबाट ८३ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगर महानगरपालिकामा २९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् ।

बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ। यसैगरि, प्रदेशमा २४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयको अनुसार पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्