Logo

चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभमूर्हत सम्पन् चलचित्र ‘लक्ष्य जिन्दगीको


कलाखबर संवाददाता,१ साउन–काठमाण्डौं । नयाँ चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सोमबार सो चलचित्रको मूर्हत सम्पन भएको छ । मैतीदेवी मन्दिर परिसरमा उक्त चलचित्रको शुभमूर्हत गरिएको हो । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दिपीका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुडभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहने भएको छ ।

सो चलचित्रलाई रमेश राईले निर्देशन गर्ने भएको छ । यो चलचित्रमा सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् । जीवन श्रेष्ठको छायाँकन, रवी केसीको शृङ्गार, रामजी राउतको सहायक निर्देशन रहने छ । चलचित्र कोरोना कहर केही सहज भए पछि छायाँकनमा जाने निर्माता सुनिलले बताए ।

प्रतिक्रिया दिनुहोस्