Logo

एसईईको परिक्षाफल केहीबेरमा सार्वजनिक गर्ने तयारी


कलाखबर संवाददाता,१ साउन–काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा यो बर्षको एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डको बैठक अहिले भर्खर सकिएको छ । बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डमा जारी बैठकले केहीबेरमा परीक्षाफल प्रकाशित गर्नेछ । बैठक सकेपछि अब केहीबेरमा परिक्षाफल प्रकाशन गर्ने बोर्डका एका सदस्यले बताए ।

एसईई करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन ।

सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै गरि सधैको जस्तो त्रुटी सच्याउन विद्यार्थीलाई परिक्षा नियन्त्रण कार्यलय आउनु पर्ने व्यावस्था पनि हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्