Logo

भारतबाट आउने माछा,दुध र हरियो तरकारी रोक लगाउने प्रशासनको निर्णय


कलाखबर संवाददाता,१ साउन–बाँके । नेपालगञ्ज(स्थानीय प्रशासनले भारतबाट आयत हुने दूध, माछा र हरियो तरकारीमा रोक लगाउने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । आजको बैठकमा राजनीतिक दल र स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

भारतबाट माछा, दूध र हरियो तरकारी बोकेर आउनेका कारण कोरोनाको जोखिम गुनासो आइरहेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट ल्याइने माछा, दूध र हरियो तरकारीका कारण कोरोना बढ्ने संभावना रहेकाले रोक लगाएको बताए । बाँके नाकामा भने यसअघि देखि नै माछा, दूध र हरियो तरकारी ल्याउन रोक लगाइएको छ ।

अहिले बाँकेका नाकाबाट माछा, दूध र तरकारी आउँदैन । पूर्वी जिल्लाबाट बाँकेमा माछा, दूध र तरकारी आइरहेको छ। प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आज नै कुसुमबाट एक ट्रक तरकारी फिर्ता गरेको जानकारी दिए । भारतबाट तरकारी आउन रोक लाग्दा स्थानीय किसानलाई फाइदा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्