Logo

किसानलाई समयमा मल उपलब्ध गराउन नसकेपछि मन्त्रालयद्वारा आत्मालोचना


कलाखबर संवाददाता,१ साउन–काठमाण्डौं । यो बर्ष कृषि तथा पशुपन्पी विकास मन्त्रालयले समयमै किसानलाई मल उपब्ध गराउन नसकेकोमा आत्मालोचना गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा मन्त्रालय दुःखी भएको उल्लेख गरेका छन् ।

‘जे सुकै कारणले होस् युरिया मलको अभावले गर्दा किसानले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी छ, सचिव भारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मल अभाव हने आकलनकासाथ समयमै मन्त्रालयले बजेट निकासा गरेर काम अघि बढाए पनि कोरोनाको विषम परिस्थीतिका कारण समस्या भएको विज्ञप्तिमा जनाइएको छ ।

३२ हजार १९० मेट्रिक टन मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको भन्दै मन्त्रालयले एक सातापछि नेपालमा मल आउन थाल्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्