Logo

माछा मार्ने बिषयलाई लिएर स्थानीय र गाँउपालिकाबीच दोहोरो झडप,प्रहरीद्वारा हवाई फयर


कलाखबर संवाददाता,१ साउन– पर्सा । माछा मार्ने बिषयलाई लिएर स्थानीय र गाँउपालिकाबीच दोहोरो झडप भएको छ । सोमबार अपरान्ह बारा जिल्लामा घटनाले उग्ररुप लिएपछि प्रहरीले १३ राउन्ड हवाई फायर खोन्नुका साथै ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका का स्थानिय बासिन्दाहरुबीच माछा मार्ने विषयलाई लिएर सोमबार दोहोरो झडप भए पछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरका साथै अश्रुग्यास प्रहार गर्नु परेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

दुवै गाउँपालिकाको बिचमा रहेको खोलामा एक पक्षका स्थानीयले माछा मारेपछि अर्को पक्षले विवाद गरेका थिए । विवाद बढे पछि दुबै गाउँपालिकाबाट सयौंको संख्यामा आएका स्थानीयबिच तनाव भएको थियो।

घटना भएको थाहा पाउनेबित्तिकै पुगेको प्रहरीले दुबै पक्ष लाई सम्झाउन खोज्दा स्थानीयले प्रहरी माथी नै ढुङ्गामुढा गर्न थाले पछि १३ राउन्ड हवाई फायर र ६ राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको मिश्रले बताए।

दुबै पक्षका गरी ३ जना समान्य घाइते भएको तथा अहिले स्थिति नियन्त्रणमा रहेको उनले जानकारी दिए।कोरोना संक्रमण बढदै गएपछि जिल्लामा सोमबार बिहान ५ बजेदेखि नै जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा निषेधाज्ञा जारि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्