Logo

त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पसहरु भदौ १५ सम्म बन्द गर्ने निर्णय


कलाखबर संवाददाता,१ भदौं –काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पसहरु भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। पठनपाठन अनलाइनमार्फत भइरहेको अवस्थामा कार्यालय आएर गरिने अन्य कामहरु पनि बन्द गर्ने निर्णय गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीलाई विभागीय प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्न निर्देशन दिइएको छ। अनलाइनबाट गर्न नसकिने कामहरु र बढी जनसम्पर्क हुने प्रकृतिका कामहरु स्थगित गर्ने पनि त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ ।

अर्को सूचना जारी नभई सम्म सबै परिक्षा समेत रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्